मेस्सी र स्वारेज हुँदा पनि बार्सिलोना लिभरपुलसँग ४–० ले पराजित

एजेन्सी,साउन २३  ।स्पेनिस क्लब बार्सिलोना इंग्लिस क्लब लिभरपुलसँग पराजित भएको छ । शनिबार राति लण्डनमा भएको  मैत्रिपूर्ण खेलमा  स्टार स्ट्राइकर लियानल मेस्सी र लुइस स्वारेजको साथ मैदान उत्रेको ला लिगा च्याम्पियन बार्सिलोना लिभरपुलसँग ४–० ले पराजित भएको हो ।

लिभरपुलको जितमा साडिओ माने, डिभोक ओरिजी र मार्को ग्रुजिकले एक एक गोल गरे । बार्सिलोनाका जाभिएर मास्चेरानोले एउटा आत्मघाती गोल गरे । यो खेलमा मानेले लिभरपुलबाट पहिलो गोल गरे । उनी यही सिजन साउथह्यामप्टनबाट ३४ मिलियन पाउण्डमा लिभरपुल आएका हुन् । 

Share your thoughts: