पुरूष फुटबलतर्फको दोस्रो चरणको खेल आज,कसको भिडन्त को सँग ?

रियो,साउन २३ । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत पुरूष फुटबलतर्फको दोस्रो चरणको खेलहरू आज हुँदैछन्। पहिलो खेलमा नेपाली समय अनुसार राति ९:४५ बजे फिजी र मेक्सिको भिड्दैछन्।  आजै राति ११:४५ बजे होन्डुरस र पोर्चुगल भिड्दैछन्। 

सोमबार बिहान १२:४५ बजे हुने अर्को खेल भने जर्मनी र कोरिया रिपब्लिकबीच हुनेछ। यस्तै सोमबार बिहान २:४५ मा अर्जेनटिना र अलजेरिया, ३:४५ मा डेनमार्क र दक्षिण अफ्रिका, र ६:४५ मा जापान र कोलम्बियाबीच खेल हुनेछ।  सोमबार बिहान ६:४५ मा आयोजक ब्राजिल र इराकबीच पनि खेल हुनेछ।

Share your thoughts: