कम्युनिटी सिल्डको उपाधि म्यानयुलाई,लिसेस्टर पराजित

एजेन्सी, साउन २३ । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीलाई हराउँदै  कम्युनिटी सिल्डमा म्यान्चेस्टर युनाईटेडले जितेको छ । आइतवार राती भएको खेलमा  म्यान्चेस्टर युनाईटेडले लेस्टरलाई २-१ले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो ।  युनाईटेडले खेलको पहिलो हाल्फको ३२औ मिनटमा गोल गर्दै आग्रता लिएको थियो । रेड डेभिल्सका लागि पहिलो गोल युवा खेलडी लिनगार्डले गरेका थिए । पहिलो हाल्फको एकमात्र पहेलो कार्ड लेस्टरका डिफेन्डर सिम्प्सनले प्रप्त गरेका थिए ।

म्यान्चेस्टर युनाईटेडको पहिलो हाल्फको आग्रता धेरै बेर टिक्न सकेन, लीग बिजेता टोली लेस्टरका लागि दोस्रो हाल्फको ७औ मिनटमा गोल गर्दै भार्डीले १-१ बनाएका थिए । खेलको ५५औ मिनटमा किङ, ७१औ मिनटमा बेली र ७५औ मिनटमा भार्डिलाई पहेँलो कार्ड देखाइएको थियो । खेलको अन्तिम गोल म्यान्चेस्टर युनाईटेडका नयाँ खेलाडी ज्लाटन ईब्राहिमोभिचले गरेका थिए । ज्लाटनको ८३औ मिनटको गोल पश्चात खेलमा अर्को गोल हुन सकेन र म्यान्चेस्टर युनाईटेडले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।
 अघिल्लो सिजनमा यि दुइ टोली बिचको दुबै खेल १-१ को बराबरीमा टुङिएको थियो ।

Share your thoughts: