सेभिल्लालाई पराजित गर्दै रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

एजेन्सी,साउन २६ । रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । स्पेनिस प्रतिद्वन्द्वी सेभिल्लालाई ३–२ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले उपाधि हात पारेको छ । अतिरिक्त समय सकिन एक मिनेट बाँकी छँदा ड्यानी काभाहालले गोल गरेपछि रियलले उपाधि उचालेको हो । खेलको २१ औं मिनेटमा मार्कोले गोल गर्दै रियल म्याड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ४१ औं मिनेटमा फ्रान्कोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। 

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो।  खेलको ७२ औं मिनेटमा इभहेन कोनोप्यान्काले गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाए। तर इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएपछि खेल अतिरित्त समयमा धकेलियो। इन्जुरी समयमा कोलोडेज्याक दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो। 
 
रियल मड्रिडले २०१२ पछि ला लिगा जितेको छैन । र, यो सिजन २१ अगष्टमा रियल सोसिडाडसँग खेलेर सुरु गर्दैछ । रियल म्याड्रिड स्टार खेलाडीहरु क्रिष्टियानो रोनाल्डो, करिम बेन्जिमा, ग्यारेथ बेल, पेपे र टानी क्रुसबिनै मैदान उत्रिएको थियो। 

Share your thoughts: