कामद सांसद् कप फुटबल भदौ ७ गतेदेखि

काठमाडौं, साउन २६ । नेपाली कांग्रेस ७ नं. इकाइको आयोजनामा प्रथम कामद सांसद् कप सिक्स ए साइड फुटबल प्रतियोगिता भदौ ७ गतेदेखि हुने भएको छ । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा ४० पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएका छन् ।

पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर र गोलरक्षकलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।
कामद कलेजको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताका सञ्चालन गर्न अनुमानित ६ लाख १० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । चावहिलमा हुने नकआउट प्रतियोगिताको फाइनल भदौ १८ गते हुनेछ ।

Share your thoughts: