नाइजेरिया र कोलम्बिया क्वाटरफाइनलमा,जापान बाहिरियो

एजेन्सी,साउन २७ । ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबल तर्फ समूह बीबाट नाइजेरिया र कोलम्बिया क्वाटरफाइनलमा पुगेका छन् । स्वीडेन र जापान भने समुह चरणवाटै बाहिरिएका छन् । बिहीबार बिहान भएको समूहको अन्तिम खेलमा कोलम्बियाले नाइजेरियालाई २–० ले हराएर समूह उपविजेता बन्दै अन्तिम ८ मा स्थान बनाएको हो । 

बिहानै भएको खेलमा स्वीडेनलाई १–० ले हराएको जापान भने प्रतियोगिताबाट बाहिरिएको छ । दुई खेल हारेको तथा एक खेल जितेको स्वीडेन पनि बाहिरिएको छ कोलम्बियासँग पराजित भएपनि अघिल्लाई दुई खेल जितेको नाइजेरिया समूह बीको विजेता बनेर अन्तिम ८ मा पुगेको छ । 

Share your thoughts: