रोनाल्डो र पेपे प्रशिक्षणमा फर्किए
एजेन्सी,साउन २८ । युरोकप २०१६ पछि बिदामा रहेका क्रिष्टियानो रोनाल्डो र पेपे रियल मड्रिडको प्रशिक्षणमा फर्किएका छन् । रोनाल्डो र पेपे बुधबार नयाँ सिजनको लागि क्लबको प्रशिक्षण क्याम्पमा फर्किएका हुन् । रोनाल्डोको कप्तानीमा रहेको पेपेसहितको टिमले पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि दिलाएका थिए । दुवै खेलाडीले राष्ट्रिय टिमको जिम्मेवारीका कारण क्लबका अरु खेलाडीले भन्दा केही समय धेरै बिदा पाएका थिए ।
रोनाल्डो र पेपे दुवै मंगलबार राति भएको युइएफए सुपर कपको खेलमा टिममा थिएनन् । रियल मड्रिडले सेभिल्लालाई हराएर सुपर कपको उपाधि जितेको थियो । यस्तै ग्यारेथ बेल र टोनी क्रस पनि बिदा सकाएर क्लब फर्किएका छन् ।
Share your thoughts: