नयाँ सिजनको उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन लेस्टरलाई झड्का

एजेन्सी,साउन २९ । नयाँ सिजनको प्रिमियर लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाइृ हलसिटीले पाराजित गरेको छ ।  शनिबार सम्पन्न खेलमा लेस्टर सिटी घरेलु मैदानमै हलसँग २-१ गोल अन्तरले पराजित भएको हो । 
 
पहिलो हाफको इन्जुरी टाइममा अडामा डाओमान्डेले ओभर हेर्ड किकमार्फत गोल गर्दै भ्रमणकारी टोली हल सिटीलाई पहिले अग्रता दिलाए। तर दोस्रो हाफको सुरुवातमै लेस्टरले बराबरी गोल फर्कायो। ४७ औं मिनेटमा प्राप्त पेनाल्टीमा रियाद महारेजले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए।
 
५७ औं मिनेटमा राबर्ट स्नोडग्रासले गोल गर्दै हललाई २-१ को अग्रता दिलाए। त्यसपछि घरेलु मैदानमा लेस्टर बराबरी गर्न संघर्षरत रहे पनि गोल फर्काउन सकेन र हल सिटी २-१ ले विजयी हुँदै सुरुवाती ३ अंक जोड्न सफल भयो।

Share your thoughts: