विश्वकप छनौट: स्वरेजको प्रेरणामा उरुग्वेको सहज जित

एजेन्सी । विश्वकप छनौट फुटबलमा लुइस स्वरेज प्रेरित रुग्वेले भेनेजुएलामाथि सहज जित हात पारेको छ । शुक्रबार विहान भएको खेलमा उरग्वेले भेनेजुएलालाई ३-० ले हराएको हो । उसले २९ औं मिनेटमा लोडेरोको गोलबाट अग्रता लिएको थियो । उनले स्वरेजको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफको सुरुमा नै काभानीले उरुग्वेको अग्रता दोब्बर पारे । खेलको ७९ औं मिनेटमा स्वरेजको पासमा नै काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई ३-० को सहज जित दिलाएका छन् ।

Share your thoughts: