प्रशिक्षक विराटकृष्णको पुलिस क्लबबाट बिदाई

काठमाडौं । नेपाल पुलिस क्लबको फुटबल इतिहासको स्वर्णिम युगलाई प्रशिक्षण दिएका सफल प्रशिक्षक  विराटकृष्ण श्रेष्ठले नेपाल पुलिस क्लब छाडेका छन्।  श्रेष्ठको करार अवधि सकिएको र श्रेष्ठ आफैंले अनुबन्धन बढाउन नचाहेपछि उनले क्लब छाडेका हुन्। श्रेष्ठ एन.आर.टि.को बि डिभिजन लिग दौरान  केहि खेलमा सल्लाहकारका रुपमा देखिएका थिए ।

अबको उनको बाटो एनआरटी तिर हो की भन्ने अनुमान गरिएको छ ।  पुलिस क्लबको प्रशिक्षणको जिम्मा अब पुर्व कप्तान अनन्त थापाले सम्हाल्नेछन्। यसअघि पनि बिराट गोल्ड कप, बुढासुब्बा गोल्डकप, लगायतको मोफसलको प्रतियोगितामा थापाले जिम्मेवारी सम्हालेका थिए।


Share your thoughts: