म्यानचेष्टर युनाइटेडको लज्जास्पाद हार

एजेन्सी,कात्तिक ७ । चेल्सीले प्रिमियर लिगमा लज्जास्पाद हार  व्यहोरेको छ । आइतबार राती म्यानचेष्टर युनाइटेडसँगँ चेल्सी ४–० ले पराजित भएको हो ।  पेद्रोले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको खेलको २१ औं मिनेटमा ग्यारी काहिलले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा चेल्सीले अर्को दुई गोल थपेको थियो । इडेन हार्जाडले ६२ औं र एनगोलो कान्टले ७० औं मिनेटमा गोल थपेका थिए । 

जितपछि टोटेनह्यामलाई पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लेको छ । दुवैको समान १९ अंक भएपछि गोलअन्तरमा चेल्सी अघि रहेको छ । ९ खेलपछि समान २० अंक भएपनि गोलअन्तरमा सिटी शीर्षस्थान, आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा रहेको छ । १४ अंकका साथ युनाइटेड सातौं स्थानमा छ ।

Share your thoughts: