रामहरिलाई पाँचौ स्थान

काठमाडौं मंसिर २३ ।  मित्र राष्ट्र हङ्गकङ्गमा जारी मि.ओलम्पिया अमेचर शारिरीक सुगठन प्रतियोगितामा नेपाली खेलाडी रामहरि खनालले पाँचौ स्थान हात पार्न सफल भएका छन् ।  नेपाल ब्यायाम मन्दिरका रामहरिले ७० केजी तौलमा प्रतिस्पर्धा गरेका थिए ।  हङ्गकङ्ग फेडेरेशन अफ बडि बिल्डिङ्ग एन्ड फिटनेशको आयोजनामा भएको प्रतियोगितामा जविन राईले ८० केजीमा प्रतिस्पर्धा गरेका थिए । उनी उत्कृष्ट ६ मा पर्न सफल भएका थिए ।

देवराज पराजुली र ज्ञान बहादुर लिम्बु मेन्स फिजिक १७० से.मि हाईट क्याटागोरीमा प्रतिस्पर्धा गरेका थिए । उनीहरु अन्तिम १० मा पर्न सफल भएको हङ्गकङ्गबाट हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडि बिल्डिङ्ग एण्ड फिटनेशका अन्तराष्ट्रिय अध्यक्ष लोकेन्द्र परियारले जनाएका छन् । ३० राष्ट्रका ३५० खेलाडीहको प्रतिस्पर्धा रहेको प्रतियोगिता डिसेम्बर ५ देखि ८ सम्म सञ्चालन भएको थियो ।

 

Share your thoughts: