सितोरियो कराते वल्र्ड कपका पदक विजेताको स्वागत

काठमाडौं मंसिर ३०  । हंगेरीमा भएको ओपन सितोरियो कराते वल्र्ड कपका पदक विजेता नेपाली कराते खेलाडीलाई नेपाल कराते महासंघले बिहीबार स्वागत गरेको छ । आइतबार सम्पन्न प्रतियोगिताअन्तर्गत पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाए । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० केजीमा अनु अधिकारीले रजत जितेका थिए । कराते महासंघका अध्यक्ष दावा गुरुङलगायतले खेलाडीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

 

Share your thoughts: