पुरुष एकल कातामा प्रशुुरामको ह्याट्रिक

काठमाडौं,पुस ९ । सशस्त्र प्रहरी बल एपिएफका प्रशुुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् ।विराटनगरस्थित शहिद रङ्गशालामा भएको कराते प्रतियोगिता अन्तरगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

उनले काठमाण्डौमा भएको पाँचौ र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक हात पारेका थिए । ह्याट्रिक गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उनले राष्ट्रिय खेलकुदमा लगातार तीन पटक विजयी भएकोमा निकै खुशी लागेको बताए । प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्य पदक प्राप्त गरे ।

यस्तै महिला तर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङ्गले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउंदै स्वर्ण हात पारिन् । सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी बर्षा साउदले कास्यमा चित्त बुझाए ।

राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले प्रतियोगिता विना बाधा सुचारु भएको बताए । 

Share your thoughts: