मालिका सितोरिया कराते डोजोद्धारा खेलाडीहरुको लागी खेलकुद पोषाक वितरण

दुईपिपल,पुस १२ । दुईपिपल खेलकुद विकास समितिको सहयोगमा मालिका सितोरिया कराते डोजोले आफ्ना डोजोमा आबद्ध खेलाडीहरुको लागी खेलकुद पोषाक वितरण गरेको छ । तिहार पर्वमा देउसीभैली खेलेर संकलन गरेको ३० हजार रुपैयाँ र गाविसको सहयोगमा खरिद गरेको करोते खेलको पोषाक खेलाडीहरुलाई प्रदान गरेको डोजोका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभएको छ । 

कार्यक्रममा कराते नुवाकोटका उपाध्यक्ष विष्णुप्रसाद सापकोटा, गाविसका पूर्व अध्यक्ष इन्द्रबहादुर लामा, स्थानीय युवाहरु नारायण नेपाल, शेरपबहादुर लामा गाविस सचिव शिवप्रसाद गजुरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा खेलाडीहरुले कला कौशल तथा÷डेमेस्ट्रेशन समेत देखाएका थिए । नुवाकोटमा रहेको डोजोहरुबीचको प्रतिस्पर्धा मालिका सितोरिया कराते डोजो उत्कृष्ठ भएको थियो ।

खेल मैदान, पोषाक, प्रशिक्षक लगायतको अभावको बीच पनि उत्कृष्ट भएको मालिका डोजोलाई आगामी दिनमा आवश्यक सहयोगको अपेक्षा गरेको डोजोका अध्यक्ष प्रताप तामाङले बताउनुभएको छ । मालिका सितोरिया कराते डोजोमा ५० जना भन्दा बढी खेलाडीहरु नियमित प्रशिक्षण गर्दै आएका छन् ।

Share your thoughts: