सातौं राष्ट्रिय खेलकुदमा खेल्न नपाउँदा मन कुमारी रित्तै फर्किईन्

पप्पु गुरुङ्ग-दोधारा चाँदनी,पुस १५ । विराटनगर स्थित शहिद रङ्गशालामा सातौं राष्ट्रिय खेलकुदमा आफु सहभागी नपाएको कारण रुदै घर फर्केको मन कुमारी बुढा मगरले बताएकी छिन् ।  दोधारा चाँदनी नगरपालिका वडा नं. ७, लक्ष्मी चौकमा निवासी बिगत लामो समय देखि सितारियो कराते खेलमा क्रियाशिल खेलाडी हुन् । 

बुढा मगर मेहन्द्रनगर, भारतको आग्रा, कुरुक्षेत्र, पञ्जाव, बागपत तथा राजस्थान क्षेत्रबाट गोल्डमेडल तथा बिभिन्न सम्मान पाएका दोधारा चाँदनीका एक परिचित खेलाडी हुन् । उनि २०६६ साल देखि निरन्तर खेल जिवन बिताईरहेका छन् । यस पटकको ६० केजीको तौलमा छैठौं राष्ट्रिय खेलकुदको छनौट खेलमा जिल्ला स्तर देखि क्षेत्रिय स्तरको खेलमा जित हात पार्दै आएपनि विराटनगरमा संचालन भएको सातौं राष्ट्रिय खेलकुदमा उनलाई सहभागी नबनाएको बताएकी छिन् ।  

“मलाई सहभागी गराउन बिराट नगर लगेर खेलमा सहभागी हुन दिएनन्” खेलाडी मन कुमारी बुढा मगरले भनिन् । जिल्ला देखि क्षेत्र सम्म हुदै छैठौं राष्ट्रिय खेलकुदमा छनौट भएपनि आफुलाई खेलमा सहभागी हुन बन्चित गराएको बुढा मगरले आरोप लगाएकी छिन् । 


उनि बिराटनगरबाट टिम काता खेलेर मात्रै फर्केका छन् । समाचार श्रोत अनुसार उनका बदलमा महेन्द्रनगरका मनिषा शाहलाई बिराटनगरमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा सहभागी गराईएको थियो । मनिषा जिल्ला स्तरको छनौटमा पराजय भएपछि पहाडी जिल्लाको तर्फबाट क्षेत्रिय छनौट खेलमा पुगेका थिए । क्षेत्रिय छनौट खेलमा पनि मन कुमारी बुढा मगर संग पराजय खेपेका मनिषाले ुसातौं राष्ट्रिय खेलकुदमा सहभागी हुन पाएको बताईएको छ । 

“म संग ६० केजीको खेलमा हारेका मनिषाले छैठौं राष्ट्रिय खेलकुदमा सहभागी भए तर मैले खेल्न पाएन्” खेलाडी मन कुमारी बुढा मगरले भनिन– “म संग सरासर पक्षपात भएको हो” मनिषा मध्यमाञ्चलका खेलाडी संग पहिलो राउण्डमा हार ब्यहोरेका थिए । 

“आफ्नो मान्छे नभएको कारण होला मलाई खेलमा सहभागी नगराएको” बुढा मगरले दुखेशो पोखिन् । आफ्नो सट्टामा मनिषा शाहलाई खेलाउने बारे फिल्डमा गएर मात्रै थाहा पाए । “छैठौं राष्ट्रिय खेलकुदमा खेल्न लिएर गए तर बिराटनगरमा मलाई जोकर बनाए” उक्त बिषयमा आफ्ना गुरुहरुलाई बारम्बार बिन्ती गर्दा पनि कुनै प्रतिकृया नदिएको खेलाडी बुढा मगरको आरोप छ् ।

Share your thoughts: