राष्ट्रिय कराते खेलाडी पर्शुराम सम्मानित

काठमाडौं पुस २३ । काठमाडौं जेसिजले राष्ट्रिय कराते खेलाडी पर्शुराम बाँस्तोलालाई शनिबार सम्मान गरेको छ । जेसिजको ४७ औं पदस्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा जेसिजका अध्यक्ष दीपक भण्डारीले पर्शुरामलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै राष्ट्रको पहिचान अभिबृद्धि गर्न सफल भएको तथा पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदको करातेतर्फ एकल कातामा लगातार स्वर्ण जित्न सफल भएकोमा पर्शुरामलाई सम्मान गरिएको जेसिजले जनाएको छ ।

Share your thoughts: