सगरमाथा कराते सुरु

काठमाडौं,पुस २७ ।  नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा तेश्रो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि लैनचौरमा सुरु भएको छ । प्रतियोगताको पहिलो दिन नेपाल खेलाडीबीच मात्र प्रतिस्पर्धा भयो । सिनियर पुरुषको ५० केजीमा आयोजकका आकाश पाल र साम्तेनका साजन नेपाली तथा ५५ केजीमा लैनचौरका निराकारमान प्रधान र आयोजकका आशिष पाल सेमिफाइनलमा प्रवेश गरे ।

प्रतियोगिताको उर्जा मन्त्री जनाद्र्धन शर्माले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा नेपालसहित बंगलादेश र भुटानका ९ सय खेलाडीको सहभागिता रहेको आयोजक प्रमुख ईश्वर थापाले जनाएका छन् । विभिन्न २८ स्पर्धा समावेश प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

Share your thoughts: