खुला राष्ट्रिय कराते माघ १५ गतेदेखि

काठमाडौं,माघ ५ । नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो गुह्येश्वरी बोर्डिङ स्कुलको आयोजनामा जिबीएचएस कप खुला राष्ट्रिय कराते प्रतियोगिता माघ १५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा करिब २० जिल्लबाट ३ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सानुबाबु गिरीले जनाएका छन् ।  पुरुष-महिलामा गरी जम्मा २४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु बाँसवारीको कपनमार्गस्थित गुह्येश्वरी स्कुलमा हुनेछ ।

Share your thoughts: