सेतोकान कराते टोली भारत जाने

काठमाडौं माघ १० ।  तेश्रो जकेएस एसकेएआई खुला अन्तर्राष्ट्रिय करातेमा सहभागी हुन २१ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोली मंगलबार भारतको कोलकाता प्रस्थान गर्दैछ । माघ १४ देखि १६ गतेसम्म हुने प्रतियोगितामा १४ पुरुष र ७ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।      पुरुष खेलाडीमा दिवस श्रेष्ठ, सुरज श्रेष्ठ, सुशान्त मोडक, विनोद रोका, दत्त बुढा, फ्रिजल शाही, कृष मानन्धर, सन्दिप थापा मगर, सविन थापा मगर, विजय बस्नेत, सुजन कार्की, रन्जित तामाङ, मनोज थापा मगर र डिकेश मानन्धर रहेका छन् ।

          महिलामा कृषा शेर्पा, सुजना तामाङ, सीता तामाङ, सपना तामाङ, निशा श्रेष्ठ, पूजा ओली र लक्ष्मी दुलाल छन् । खेलाडीहरुले कुमुते र व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्नेछन् ।

          टोली नेतामा नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पा तथा प्रशिक्षकमा कृष्णकुमार मानन्धर र गोपाल कट्वाल रहेका छन् । मानन्धर र कट्वालले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् । महासचिव शेर्पा र प्रशिक्षक कट्वाल भने बुधबार मात्र जाने छन् ।

          टोलीलाई सफलताको शुभकामना दिदै युवा सञ्चार उद्यमी रमेश एमके पौडेल, नायिका रेखा थापा र नेपाल सोतोकान कराते संघका अध्यक्ष विष्णु कार्कीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा रहेको सोतोकान कराते संघको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोमबार बिदाइ गरे ।

प्रतियोगितामा सहभागी हुन करिब ३ लाख खर्च हुने महासचिव शेर्पाले जानकारी गराए । सहभागिताका लागि मुख्य प्रायोजन युवा सञ्चार उद्यमी पौडेलले गरेको बताइएको छ ।

Share your thoughts: