एकायन करातेको पहिलो राष्ट्रिय प्रतियोगिता नुवाकोटमा जारी

नुवाकोट,माघ २९ । एकायन करातेको पहिलो राष्ट्रिय प्रतियोगिता नुवाकोटमा जारी रहेको छ । पाँचै विकास क्षेत्रबाट सहभागी भएका १ सय २० जना खेलाडी सम्मिलित रहेको प्रतस्पिर्धा नुवाकाट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सुरु भएको छ । 

हिजो देखि सुरु भएर आजसम्म सञ्चालन हुने प्रतिस्पर्धामा उत्कृष्ठ हुने खेलाडीलाई नगद रुपैयाँ सहित शिल्ड र प्रमाणपत्र प्रदान गर्ने एकायन करातेका नुवाकोटका उपाध्यक्ष होमबहादुर तामाङले जानकारी दिनुभएको छ । 

यसैबीच, प्रतियोगिताको उद्घाटन गर्दै काँग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले नेपालमा नै उत्पत्ती भएको एकायन करातेलाई विश्वसामु पु¥याउनुपर्ने बताउनुभएको छ ।  प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर प्रधानले खेल क्षेत्रले कुनै बर्ग तथा जाती विशेषलाई मात्र नभई साझा राष्ट्रिय अभियानको रुपमा एकताको कसीमा राख्न सफल हुदै आएको बताउनुभएको छ । उहाँले खेलको माध्यमबाट नेपालले विश्वमा शक्तिशाली मानिएका राष्ट्रहरुलाई हराएर शिर उचो बनाएकाले खेलको विकास र प्रबद्धनले विश्वसामु नेपालको पहिचान गौरवशाली रहेको बताउनुभएको छ ।  

उद्घाटन समारोहमा नेपाली काँग्रेसको जिल्ला सचिव शिव दाहाल, काँग्रेस पूर्व महासमिति सदस्य मोहनबहादुर खड्का, नयाँ शक्ति पार्टीका जिल्ला संयोजक कृष्ण कुइकेल, एकायन करातेका सल्लाहकार खिलबहादुर खनाल लगायतको उपस्थिती रहेको थियो ।


Share your thoughts: