जिल्लास्तरिय सितोरियो कराते प्रतियोगिता: मालिका डोजो दुईपिपल पहिलो

विदुर । नुवाकोटको विभिन्न सितोरियो डोजाङहरुमा आबद्ध रहेका खेलाडीहरुबीच दशौ जिल्लास्तरिय सितोरियो कराते प्रतियोगितामा यसवर्ष पनि उत्कृष्ठ प्रदर्शन गर्दै मालिका डोजो दुईपिपल पहिलो भएको छ । विभिन्न तौल समूह तथा खुला प्रतिस्पर्धामा शनिबार र आइतबार दुई दिन भएको प्रतिस्पर्धामा मालिका डोजो पहिलो, जिलिङ डोजोले दोश्रो स्थान हासिल गरेको छ । जिलिङ डोजोको स्थापना भएको तीन महिनामा जिल्लास्तरीय प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भएको हो । 

२० किलोतौल समूहमा पुरुष तर्फ विकास मगर पहिलो देबकुमार तामाङ दोश्रो र राम राई र रोसन लामाले तेश्रो स्थान हासिल गरेका छन् । २५ किलोतौल समूह अन्तरगत पुरुष तर्फ गणेश तामाङ पहिलो, अन्मिन्न थापा दोश्रो र सुजन लामा र सञ्जिब कुमालले तेस्रो स्थान हासिल गरेका छन् । 

३० किलोतौल समूहमा पुरुष तर्फ सुरेश तामाङ पहिलो, राजेन्द्र तामाङ दोश्रो किस्मत रिमाल र रोहित तामाङले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । ३० किलो समुहमा महिलातर्फ  पुष्पाञ्जलि तामाङ पहिलो, सरस्वती तामाङ दोश्रो, पार्वति तामाङ र दिप्सना श्रेष्ठले तेश्रो स्थान हासिल गरेका छन् । ४५ किलो समुहमा महिला तर्फ रविना तामाङ पहिलो, उषा थिङ दोश्रो, शर्मिला तामाङ र रविना तामाङले तेश्रो स्थान हासिल गरेका छन् । 


यस्तै, ५० किलो समुहमा महिला तर्फ मिना तामाङ पहिलो, सुनिता तामाङ दोश्रो, शान्ति तामाङ  र प्रिति तामाङले तेश्रो स्थान हासिशल गरेको प्रमुख प्रशिक्षक उत्तम राईले जानकारी दिनुभएको छ । प्रतियोगितामा उत्कृष्ठ हासिल गर्ने खेलाडीहरुलाई मेडलद्धारा सम्मानन गरिएको छ । साथै विरानेटनगरमा भएको सातौ राष्ट्रिय खेलकुदमा रजत र कास्य पदक विजेता सुमन पुलामी मगर र राजिव पुडासैनीलाई नगद रुपैयाँ पुरस्कार प्रदान गरिएको सितोरिया कराते नुवाकोटका कार्यबाहक अध्यक्ष विष्णुप्रसाद सापाकोटाले जानकारी दिनुभएको छ । 

प्रतियोगितामा पहिलो दिनको प्रतियोगिताबाट सेमफाइनल र फाइनलमा १६ जना प्रबेश भएका थिए । नुवाकोटको विभिन्न स्थानमा २२ स्थानमा डोजो सञ्चालन भएपनि जिल्लास्तरीय प्रतियोगितामा ११ डोजोमा आबद्ध रहेका २ सय ४६ खेलाडीहरुको सहभागिता रहेको थियो । नुवाकोटमा पछिल्लो २ दशकदेखि कराते खेलको सुरुवात भएपनि अझै पनि खेलाडीहरुको लागी खेल सञ्चालन गर्न निकै समस्या हुदै आएको कराते क्षेत्रमा आबद्ध रहेकाहरुले गुनासो गर्दै आएका छन् ।

Share your thoughts: