न्युयोर्क ओपन च्याम्पियनसिपमा सुनिललाई कास्य

काठमाडौं । अमेरिकामा न्युयोर्कमा सम्पन्न न्युयोर्क ओपन कराते च्याम्पियनसिपमा नेपाली कराते खेलाडी सुनिल लामाले कांस्य पदक जितेका छन् । ६० केजी तौल समुहमा प्रतिस्पर्धा गरेका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी सुनिलले रेपेचेजबाट कास्य पदक जितेका हुन् । 

आफ्नो स्पर्धाको पहिलो खेलमा ८ / ० को सहज जित हात परेका सुनिलले दोश्रो खेलमा ८ / ४ को विजय हासिल गरे । तर, तेश्रो खेलमा ५ / ३ ले हारेपछि सुनिलले रेपेचेज खेल्ने मौका पाएका थिए । र, रेपेचेजमा उत्कृष्ट प्रदर्शन गर्दै ७(० को जित हासिल गर्दै सुनिलले कास्य पदक जित्न सफल भए ।

 

न्युयोर्क ओपन च्याम्पियनसिपमा २० देशका खेलाडीहरुले सहभागिता जनाएका थिए । यसअघी सुनिलले न्युयोर्क ओपनमा क्वार्टरफाइनल तथा युएस ओपनमा प्रि–क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए । अब सुनिलले आगामी अप्रिल १२ देखि १६ सम्म हुने यूएस ओपन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने जानकारी दिए । सुनिलले सन् २०१० मा बंगलादेशमा भएको १० औं सागमा ५५ केजी तौलसमूहमा स्वर्णपदक जितेका थिए।

Share your thoughts: