राष्ट्रिय कराते शनिबारदेखि

काठमाडौं ।  बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजन तथा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धको आयोजनामा ४८ औं राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, प्रहरी, एपीएफ क्लब र आयोजकको एकसहित ९ टिमको सहभागिता रहने मूल आयोजक समितिका संयोजक देवकुमार लामाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । समितिका सह–संयोजक मजिन्द्र सिंहले प्रत्येक टिमबाट २२ का दरले १ सय ९८ खेलाडीको सहभागिता रहने बताए ।

पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५०, ५५, ६०, ६७, ७५, ८४, ८४ माथि तौलसमूह तथा एकल काता र टिम कातामा खेल हुनेछ । महिलामा ४५, ५०, ५५, ६१, ६८, ६८ माथि वजन समूह तथा एकल र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद र जापानमा २०२० मा हुने ओलम्पिकका लागि खेलाडी पहिचान गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने धारणा व्यक्त गरे ।

२४ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा पहिलो हुने टिमले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । बौद्धनाथ क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनमा थप टेवा पु¥याउने उद्देश्यले हुन लागेको तीनदिने प्रतियोगिताका खेलहरु बौद्धस्थित महेन्द्र माविमा हुनेछ ।

Share your thoughts: