थाईल्याण्ड ओपन कराते नेपाललाई ५ पदक

काठमाडौं । थाईल्याण्ड ओपन करात च्याम्पियनसिप २०१८ को जुलाई २१ मा भएको नेपाली सिनियर कराते खेलाडीहरुले ५ पदक जित्न सफल भएका छन् । नेपालको नबिनले ईन्डोनेसियालाई ६(१ अंक, इन्डियालाई १०-२ र थाईल्याण्डलाई पनि १०-२ अंकले पछि पार्दै पदक जित्न सफल भए भने पपुलर तौल समुह ६७ केजी मा पदक जित्न सफल भई यु एस डलर २०० पनि प्राप्त गरेका छन् ।

मनिष थापा क्षेत्रिले इन्डियालाई ८-० ले, थाईल्याण्डलाई ७-३ ले, म्यान्मारलाई ८-० ले, र फिलिपिन्सलाई ७-३ ले पराजित गरि कास्य पदक दिलाए ।  विजय श्रेष्ठले ब्रुनाईलाई ८-० ले, क्याम्बोडियालाई ७-१ ले, भेतनामलाई ८-३ ले पराजित गर्दै कास्य पदक प्राप्त गरे ।  राजिव पुडासैनीले मलेसियालाई ९-१ ले, थाईल्याण्डलाई १०-१ ले, र इन्डियालाई ७(१ ले पराजित गरि कास्य पदक जित्न सफल भए थप पदक दिगम्बर पन्त ले -८४ केजी तौल समुहमा कास्य पदक जित्न सफल भएको छ ।

Share your thoughts: