अनलाइन काता च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण र एक रजत

काठमाडौं । सद्गुरु मास्टर्स कप अनलाइन इन्टरनेशनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत जितेको छ।

केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको इभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी ईसेल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। उनले २४.१४ अंक प्राप्त गरेकी थिईन् । उनकी प्रतिद्वन्दि अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिइन्।

यस्तै कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर रजतमानै खुम्चिए। ३५ – ४५ बर्ष उमेर समूह ‘ए’ बाट फाईनल प्रवेश गरेका उनी स्पेनका खेलाडी जिसस कनसुयगरा संग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भएका थिए। जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए।

बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाइनल च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५ – ६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराईएको थियो। च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो।

Share your thoughts: