ब्रम्हाण्डकै तीब्र धावक बोल्टले फेरि जिते स्वर्ण

रियो,साउन ३१ ।  ब्रम्हाण्डका सबैभन्दा तीब्रगतिका धावक मानिने उसेन बोल्टले ओलम्पिकमा नयाँ इतिहास रचेका छन् । बोल्टले लगातार ३ ओलम्पिकमा ३ वटा स्वर्ण जित्ने इतिहास रचेका छन्। उनले रियोमा सोमबार बिहान ७ बजेर १० मिनेटमा भएको सय मिटर दौडमा उनले आफ्ना सबै प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण जिते।
 
बोल्टले सय मिटर दौड ९ दशमलव ८१ सेकेन्डमा पुरा गरेका थिए। बोल्टलाई बेइजिङ ओलम्पिकदेखि उछिन्ने कुनै खेलाडी निस्किएका छैनन्। उनले आफ्ना प्रतिद्वन्द्वी अमेरिकाका जस्टिन ग्याटलिनलाई फेरि एकपल्ट निरास पारे। एथेन्समा ग्याटलिनले स्वर्ण जितेका थिए। तर, बेइजिङमा बोल्टको ‘इन्ट्रि’ भएपछि उनलाई हराउन कसैले सकेका छैनन्। 

Share your thoughts: