पारा ओलम्पिक: चीनलाई सुरुवाती अग्रता

रियो, भदौ २४ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले सुरुवाती अग्रता लिएको छ ।पहिलो दिनको खेल सकिँदा ७ स्वर्ण पदक जितेको चीन शीर्ष स्थानमा छ । ५ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा रहँदा तीन स्वर्ण पदकसहित उज्वेकिस्तान तेस्रो स्थानमा आएको छ ।
अमेरिका, ब्राजिल र दक्षिण कोरियाले २–२ स्वर्ण पदक जितेका छन् । यसअघि पारा ओलम्पिक खेलकुदमा चीनले बर्चश्व जमाउँदै आएको छ भने दोस्रो स्थानमा रहँदै आएको रुस यसपटक डोपिङ प्रकरणले प्रतिबन्धित छ ।

Share your thoughts: