पाराओलम्पिक: नेपालकी लक्ष्मी पहिलो चरणबाटै बाहिरिइन्

काठमाडौं, असोज १ – ब्राजिलको रियो द जेनेरियामा चलिरहेको पाराओलम्पिक्समा  नेपालकी पौडी खेलाडी लक्ष्मी कुँवर पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिला १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धामा सहभागी भएकी लक्ष्मी १७ खेलाडीमा पुछारमा रहँदै बाहिरिएकी हुन् ।  हिट चरणमा पहिलो हुने खेलाडी भन्दा कुँवर १ मिनेट ५९ दशमलव २७ सेकेण्डले पछि परिन् । हिट चरणमा पहिलो हुने युक्रेनकी खेलाडीले १ मिनेट १२ दशमलव ४९ सेकेण्डको समय निकालेकी थिइन् । तर कुँवरले भने ३ मिनेट ११ दशमलव ७६ सेकेण्डमा दुरी पुरा गरिन् ।  पारा ओलम्पिकमा भाग लिएका अर्का खेलाडी विक्रम राई भने यसअघि नै बाहिरिसकेका छन् । वाइल्ड कार्डमार्फत नेपालका २ जना खेलाडी पाराओलम्पिकमा भाग लिन रियो पुगेका हुन्  ।

Share your thoughts: