नेपाल खेलकुद पत्रकार मञ्च साहस स्पोर्ट्ससँग प्रायोजन सम्झौता

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्ट्ससँग ‘पल्सर स्पोर्टस अवार्ड २०७३’ को लागि सह–प्रायोजन सम्झौता गरेको छ । यही भदौं २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले २०७३ सालमा खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई पल्सर स्पोर्टस् अवार्ड बाट सम्मान गर्न गइरहेको छ । 

कम्नी सुरु भएको पहिलो वर्ष नै साहस स्पेर्ट्सले मञ्चसँग सहकार्य गरको हो । त्रिपुरेश्वरस्थ्ति नपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा आज सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्ट्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक जनक न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । साहस स्पेर्ट्सले मञ्चलाई ३ लाख रुपैया बराबरीको सामाग्री उपलब्ध गराउनेछ । सम्झौताअनुसार साहसले पल्सर स्पोर्ट्स अवार्ड २०७३ मा मनोनयनमा पर्ने सबै खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई ट्रयाकसुट तथा मञ्चलाई टि–सर्ट र क्याप उपलब्ध गराउनेछ ।

अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथ्लिट, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड विधा रहेका छन् । यसअघि नै पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन पनि चाँडै सार्वजनिक गर्नेछौं । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य : कम्पनी स्थापनाको पहिलो वर्ष नै साहस स्पोर्ट्ससले हामीसँग सहकार्य गरेको छ । यसका लागि साहस स्पोर्ट्सलाई धन्यवाद दिन चाहन्छौं । सहकार्य निरन्तर रहने आशा गर्दै गर्दै साहस स्पेर्ट्सको प्रगतिको कामना गर्न चाहन्छु ।

साहस दस्पेर्ट्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक जनक न्यौपाने : विगतमा पनि बेग्ल्ै किसमिले अवार्डसँग आबद्ध रहेका थियौं र यसपाली साहस स्पेर्ट्स सुरु गरेको पहिलो वर्ष नै देशकै प्रतिष्ठित् अवार्डसँग जोडिन पाएको गर्व महसुस भएको छ । नेपाली खेलकुदको विकास र खेलकर्मीको सम्मानमा यस सहकार्यलाई निरन्तरता दिने विश्वास गरिएको छ । पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनी रहेका छ । सह–प्रायोजकमा साहस स्पेर्ट्ससँगै सूर्य नेपाल, रुस्लान फुटबल, रोयल सिंगी होटल, टिएचटी लाइभ, डिसहोम एक्सन स्पेर्टस् रहेका छन् । एभिन्युज टिभी अवार्डको टेलिभिजन पार्टनर रहेको छ भने राष्ट्रिय खेलकुद परिषदले पनि साझेदारी गरिरहेको छ ।

Share your thoughts: