एभरेष्ट प्रिमियर लिग र एपी वानबीच सम्झौता

काठमाडौं,भदौं १४ – एभरेष्ट प्रिमियर लिग (इपीएल) को अफिसियल ब्रोडकास्टर पार्टनरको रुपमा एपीवान टेलिभिजन रहने भएको छ। इपिएल र एपि वान टेलिभिजनबिचमा बिहिबार प्रत्यक्ष प्रसारण सम्झौतामा हस्ताक्षर भएको छ ।

इपिएल र एपी वानले तीन वर्षको लागि एक करोड रुपैया बराबरको सम्झौता गरेका हुन् । प्रत्यक्ष प्रशारण सम्झौतामा इपिएलका सस्थापक आमिर अख्तर र एपी वान टिभिका एमडी लक्ष्मी पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रत्यक्ष प्रसारण सम्झौतापछि इपिएललाई एपी वानले एक करोडमा रुपैया तिर्ने छन् । यो नेपाली खेलकुदको इतिहासमा सबै भन्दा ठुलो सम्झौता हो ।

सम्झौतापछि एपी वानले तीन बर्षमा एपिएललाई ५० लाख नगद दिनेछ भने ५० बराबरको सेवा उपलब्ध गराउने छ । सम्झौतापछि इपिएल खेलहरु प्रत्यक्ष प्रशारण गर्नका लागि एपि वानले १२ वटा क्यामेरा राख्नेछ भने घरेलु प्रतियोगितामा पहिलो पटक थर्ड अम्पायरको पनि व्यवस्था गरिनेछ । त्यस्तै एपि वानले टियु क्रिकेट मैदानमा ठुलो स्क्रिन पनि राख्नेछ भने उसले प्रत्यक्ष प्रसारणमा ग्राफिक्स र अन्य कम्प्युटर प्रोग्राम पनि प्रस्तुत गर्नेछ । यस सम्झौता पछि एपि वानले सबै खेलको प्रत्यक्ष प्रसारण गर्न, खेल विश्लेषण गर्न, एपिएलको अक्सन र अन्या कार्यक्रमको प्रसारण अधिकार प्राप्त गर्नेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा इपिएलको विजेताले २१ लाख प्राप्त गर्ने छन् । राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ ।  यो संस्करणमा काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखराको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी प्रत्येक टिमले लिगमा एक अर्कासाग एक एक खेल खेल्नेछन् । र, शिर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासाग एलिमिनेटर खेल खेल्नेछ ।

Share your thoughts: