पुष्पराज ओझा वर्षको उत्कृष्ट प्रशिक्षक

काठमाडौं,भदौं २६ । एथलेटिक्सका पुष्पराज ओझाले वर्षको उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन्। पल्सर स्पोर्टस अवार्डमा क्रिकेटका जगत टमाटा, फुटबलका ग्योतोकु कोजी र मेघराज केसी तथा ब्याडमिन्टनका किरण थापालाई पछि पार्दै उनी वर्षका उत्कृष्ट प्रशिक्षक चुनिएका हुन्।

अवार्डसँगै ओझाले पल्सर मोटरसाइकल पनि हात पारेका छन्। अवार्ड हात पारेपछि मन्तव्य राख्दै ओझाले निरन्तर काम गर्दै गयो भने कहिले न कहिले अवश्य सफलता मिल्दो रहेछ भन्ने चरितार्फ भएको बताए। रियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी सरस्वती भट्टराई र हरिकुमार रिमालको प्रशिक्षकका रुपमा उनले काम गरेका थिए। उनकै चेली सरस्वतीले ओलम्पिकमा २६ वर्ष पुराने रकेर्ड तोडेकी थिइन्। आर्मीका समेत प्रशिक्षक रहेका ओझाले सातौं राष्ट्रिय खेलकुदमा आर्मीलाई २२ स्वर्ण, १६ रजत र ८ कांस्यपदक दिलाउन सफल भएका थिए। नेपाली एथलेटिक्समा त्रिभुवन आर्मी क्लबलाई नम्बर १ टोली हो।

Share your thoughts: