नेपालले सेमिफाइनलमा मलेसिया बिरुद्ध खेल्ने

काठमाडौं,भदौं २९ । मलेसियामा जारी यू-१९ एसिया कप छनोट, पुर्वि क्षेत्र अन्तर्गको सेमिफाइनल खेलमा नेपाल यू १९ ले आयोजक मलेसिया यू १९ बिरुद्ध खेल्ने भएको छ । नेपाल समुह ए को बिजेता र मलेसिया उपबिजेताका रुपमा सेमिफाईनलमा भिड्ने भएका हुन् ।

आज भएको समुह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई सात विकेटले पराजित गर्दै समुह बिजेता भएको हो । नेपालले आफ्नो पहिलो खेलमा थाईल्यान्डलाई २५५ रनको भारी रनले पराजित गरेको थियो भने दोश्रो खेलमा कमजोर भुटानलाई नौ विकेटले पराजित गरेको थियो ।

उता समुह बि को आफ्नो अन्तिम खेलमा हङकङसँग छ विकेटले पराजित भएपछि मलेसिया उपबिजेता भएको हो । मलेसियाले म्यानमारलाई नौ विकेटले र चीनलाई २२५ रनको बिशाल रन अन्तरले पराजित गरेको थियो । नेपाल र मलेसियाको खेल नेपाली समय अनुसार शनिवार बिहान ७:१५ मा किनरारा ओभर क्रिकेट मैदानमा हुनेछ ।

Share your thoughts: