म्याड र मेड्रिड चितवनद्धारा चेपाङ बालबालिकाहरुलाइ स्टेशनरी सामाग्री वितरण

चितवन,भदौ २९ – बालमैत्री शासन, बालअधिकारको सम्मान भन्ने नाराका साथ बिहिबार राष्ट्रिय बाल दिवस मनाइएको छ । बालबालिकाका क्षेत्रमा काम गर्ने चितवनका संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । 

बाल दिवसकै अवसरमा पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बन्दै गएको मेक अ डिफरेन्ट (म्याड) र मेड्रिड फ्यान क्लब नेपाल चितवनले संयुक्त रुपमा चेपाङ बालबालिकाहरुलाइ स्टेशनरी सामाग्री वितरण गरेको छ । १ सय २ जना चेपाङ बालबालिका आश्रित गामवेंसीको चेपाङ संरक्षण केन्द्रलाइ कापि कलम, सर्फ र साबुन हस्तान्तरण गरिएको मेड्रिड फ्यान क्लब नेपाल चितवनका संयोजक प्रवेश शर्माले जानकारी दिए । 


समाज रुपान्तरणका लागि युवाहरुको भुमिका महत्वपुर्ण रहने भन्दै उनले सामाजिक कार्यको सुरुवाती चरणमा करिब १० हजार बराबरको कापि कलम र साबुन चेपाङ केन्द्रलाइ हस्तान्तरण गरिएको वताए । सबै युवाहरु बैदेशिक रोजगारका लागि विदेशिएर देश विकास सम्भव नहुने उनले वताए ।

Share your thoughts: