अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी:नेपाललाई हराँउदै भारत च्याम्पियन

काठमाडौं,असोज ७  । नेपाललाई हराउँदै भारत नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कवर्डहलमा शनिबार भएको फाइनलमा आयोजक नेपाललाई ५९–२१ को फराकिलो अन्तरमा पराजित गर्दै भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।

एकपक्षीय बनेको खेलमा भारत घरेलु टोली नेपालविरुद्ध निकै हावी हुदा पहिलो हाफमा ३७–११ को आरमदायी अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेपनि २२–१० ले भारतलाई नतिजा सुम्पियो । तीन राष्ट्र सहभागी प्रतियोगिता सुपर लिगको आधारमा भएको थियो ।


Share your thoughts: