विश्व शारीरिक सुगठनमा ननिताले जितिन् रजत पदक

काठमाडौं । मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन प्रतियोगितामा ननिता महर्जनले रजत पदक जित्न सफल भएकी छन् । मंगोलियामा आईतबार भएको १६० सेन्टी मिटर उचाईमा ननिताले रजत पदक प्राप्त गरेकी थिईन् ।

शारीरिक सुगठनकी खेलाडि ननिताको यो दोस्रो अन्तराष्ट्रिय पदक हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौं संस्करणमा ननिताले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।  नेपाली शारीरिक सुगठनको इतिहासमा नेपाली महिला खेलाडीले जितेको त्यो नै पहिलो अन्तराष्ट्रिय पदक थियो । प्रतियोगिमा रुजेश शाहिले ६० केजी तौल समूहमा कांस्य पदक प्राप्त गरेका थिए । प्रतियोगितामा नेपालको तर्पmबाट एक महिला र दुई जना पुरुषले सहभागिता जनाएका थिए ।

Share your thoughts: