पूर्व मुख्य प्रशिक्षक गुरुङ राष्ट्रिय तेक्वान्दोमा

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दो पूर्व मुख्य प्रशिक्षक एवं हालका वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङसहित ललितपुर/भक्तपुरका विभिन्न तेक्वान्दो डोजाङका प्रमुख र खेलाडी राष्ट्रिय तेक्वान्दो संघ नेपालमा आबद्ध भएका छन् । काठमाडौंबाट १२ तथा ललितपुरबाट ११ गरी विभिन्न २३ डोजाङबाट १ हजार ३ सयको संख्यामा प्रमुख र खेलाडी राष्ट्रिय तेक्वान्दोमा प्रवेश गरेको राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । संघका अध्यक्ष शिव कोइराला र एनआरएन कोरियाका पूर्व अध्यक्ष एवं तेक्वान्दोका इन्टरनेसनल मास्टर्स राजु क्षेत्रीले उनीहरुलाई स्वागत गरेका थिए ।

Share your thoughts: