फारवेस्ट पशुपति कपको उपाधि आयोजक टिमलाई,अत्तरिया पराजित

धनगढी – फारवेस्ट पशुपति कपको उपाधि आयोजक टिमले जितेको छ। शनिबार धनगढीमा भएको फाइनल खेलमा आयोजक फारवेस्ट पशुपति युवा क्लबले पिएफए अत्तरियालाई पेनाल्टि सुटआउटमा ४–३ ले हराएको हो।


निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि १५ मिनेट समय थप गरीएको थियो । तर थप गरीएको समयमा पनि गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउट निकालीएको हो। अत्तरियाका विश्व अधिकारी र जनक कार्कीको प्रहार गोल पोष्ट बाहिरियो। फारवेष्ट पशुपति क्लबका विदेशी खेलाडी जिको आईस्याकको प्रहार पनि पिएफएका गोलकिपर टेकेन्द्र थापाले बचाएका थिए। उपाधिसँगै फारवेस्टले ३ लाख नगद जित्यो भने पिएफए अत्तरियाले नगद १ लाख ५० हजारमा चित्त बुझाएको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिमका रोशन खत्री, गोलकर्ता आयोजक टिमकै सेगुन, डिफेन्डर पिएफएका अमित तामाङ, गोलकिपर आयोजक टिमका प्रीतम खड्का र उदयमान खेलाडी आयोजक टिमकै दिपेन्द्र बुढा भएका छन् । उत्कृष्ट खेलाडीहरुले जनही १०-१० हजारका दरले नगद पुरस्कार पाएका छन्।  १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका १६ टीमले सहभागीता जनाएका थिए।

Share your thoughts: