राखेप च्याम्पियनसिप भोलिबाट,४ हजार खेलाडीले प्रतिस्पर्धा गर्दै

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्न लागेको राखेप च्याम्पियनसिप आइतबारदेखि सुरु हुँदैछ। देशका विभिन्न स्थानमा हुने च्याम्पियनसिप २९ खेलमा प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा ४ हजार ८२ खेलाडीले २ हजार १ सय २७ खेलका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा ६ सय १५ स्वर्ण, ६ सय १५ रजत र ८ सय ९७ कास्यक छन्।

१८ औं एसियाली खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि च्याम्पियनसिप गर्न लागिएको सदस्य सचिव केशव विष्टले बताए।  च्याम्पियनसिपबाट राष्ट्रिय टिमको छनोट समेत हुनेछ। २९ खेलमध्ये मौसमको प्रतिकूलताका कारण पौडी र ट्रायथलन सम्पन्न भइसकेका छन्।  प्राविधिक कारणले कराँते र लनटेनिसको राष्ट्रिय प्रतियोगिता पनि सम्बन्धित राष्ट्रिय खेल संघले आयोजना गरिसकेका छन्। च्याम्पियनसिप राष्ट्रिय संघले तोकेको मिति र स्थानमा २०७४ साल पुस ९ गते आइतबारबाट सुरु गरी २०७४ माघ ९ गतेसम्म सक्नु पर्नेछ। च्याम्पियनसिप सम्पन्न गर्न ४ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ।

    

सहभागी टिमहरु

(१) पूर्वाञ्चल क्षेत्र    (२) मध्यमाञ्चल क्षेत्र    (३) पश्चिमाञ्चल क्षेत्र    

(४) मध्यपश्चिमाञ्चल क्षेत्र    (५) सुदूरपश्चिमाञ्चल क्षेत्र    (६) नेपाली सेना

(७) शसस्त्र प्रहरी बल    (८) नेपाल प्रहरी


खेल र स्थान

स्क्वास– ललितपुर, भलिबल– पोखरा, सेपाकताक्रो- काठमाडौं, एथलेटिक्स- ईटहरी, सुनसरी    

बक्सिङ्ग- झापा, हयाण्डबल- पोखरा, तेक्वान्दो- भैरहवा, कुस्ती- हेटौंडा, फेन्सिङ्ग- काठमाडौं, बास्केटबल- काठमाडौं, जुडो- ललितपुर, टेवलटेनिस- वुटवल, राष्ट्रिय तेक्वान्दो- चितवन, कवड्डी-  बर्दिया, सुटिङ्ग- ललितपुर, भारोत्तोलन- पोखरा,  गल्फ- काठमाडौं, साइक्लिङ्ग- चोभार, काठमाडौं, हक्की-हेटौंडा, खो खो- रुपन्देही,     उसु- काठमाडौं, पौडी- सम्पन्न,     आर्चरी- काठमाडौ    , लनटेनिस- सम्पन्न, ट्रायथलन- सम्पन्न,    फुटबल- काठमाडौं, कराते- सम्पन्न, व्याडमिण्टन- काठमाडौं,    सफ्टटेनिस- विराटनगर

Share your thoughts: