आईटीएफ च्याम्पिएनशिपको दोस्रो दिन नेपाललाई सात स्वर्ण

काठमाडौं- भारतमा जारी अन्तराष्टिय आमन्त्रित आईटिएफ च्याम्पियनशिपमा नेपालले दोस्रो दिनसम्म सात स्वर्णपदक र एक कास्य जितेको छ । दोस्रो दिनको खेलमा खेलमा नेपालले दुई स्वर्णपदक र एक कास्य जितेको छ पहिलो दिन ५ स्वर्ण जितेको थियो ।  नेपालको लागि निशान्त लामीछानेले १० वर्षमुनीका खेलाडी समुहमा नेपाललाई स्वर्णपदक दिलाएका हुन । उनले भारतका खेलाडीलाई पाखा लगाउँदै गोल्ड मेडल जितेका थिए । यसैगरि आशिष थापा र शान्तकुमार रानामगरले १३ बर्षमुनीको कलर बेल्ट प्याटन तर्फ भारतीय खेलाडीहरुलाई उनिहरुकै मैदानमा पराजित गर्दै स्वर्णपदक जित्न सफल भएका हुन ।


नेपाललाई स्वर्णपदक दिलाउने क्रममा शांत कुमार (समीर) राना मगरले उमेर समुहकै ३७ ४२ केजी समूहमा भारतके खेलाडीलाइृ हराउँदै स्वर्ण प दक जितेका थिए । त्यस्तै केटी समूहमा बिबिका बस्नेतले १५ बर्षमुनिको खेलाडी समुह अन्र्तगत कलर बेल्ट प्याटनमा भारतकै खेलाडीलाई लगातार सेमिफाइनल र फाइनलमा पराजित गर्दै स्वर्णपदक उचालिन ।


बिबिकाले १५ बर्ष उमेर समुहकै ४० ५० केजी तौल समुहमा क्वाटर फाइनलमा भारतीय खेलाडीलाई पराजित गर्दै वाई पाएर फाइनलमा भारतीय खेलाडीलाई नै हराउँदै नेपालको लागि पाचौं तथा व्यक्तिगत तर्फ दोस्रो स्वर्ण पदक हात पार्न सफल भएकी छिन । नेपाल भारत र श्रीलंकाका कुल २ सय भन्दा धेरै खेलाडी सहभागि भएका यस प्रतियोगितामा नेपालका अशोक कुमार थापा टिम मेनेजर थिए भने गायाजी खड्काले रेफ्रिको भूमाका निर्वाह गरेका थिए ।

Share your thoughts: