निजी विद्यालयहरुको खेलकुद महोत्सव आज देखि सुरु

पप्पु गुरुङ्ग,दोधारा,फागुन ४ ,  । माहाकाली नगरपालिका अन्तर्गतका निजी बिद्यालयहरुको खेलकुद महोत्सव आज देखि सुरु  भएको छ् । माहाकाली नगरपालिकाको वडा नं. ६ स्थित रहेको एसियन स्टार ई. स्कुलमा सुरु भएको खेलकुद महोत्सवको उद्धघाटन कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य मान बहादुर सुनारले गर्नुभएको छ् ।

निजी बिद्यालय क्षेत्रिय कमिटि माहाकालीका अध्यक्ष किशोर कुमार लिम्बुको सभापतीतवमा संचालन भएको निजी बिद्यालयहरुको खेलकुद महोत्सवको बिशिष्ट अतिथीमा माहाकाली नगरपालिकाका उपमेयर चिनी गिरी ओझा रहनुभएको थियो । यस्तै अतिथीमा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका प्रतिनिधी उद्धव ठगुन्ना लगाएत शिक्षक प्रतिनिधी तथा सुरक्षाकर्मी प्रतिनिधीहरु रहनुभएको थियो । माहाकाली नगरपालिका क्षेत्रका ७ वटा निजी बिद्यालयहरु खेलकुद महोत्सवमा सहभागी रहेको आयोजक संस्था निजी बिद्यालय क्षेत्रिय कमिटि माहाकालीले जनाएको छ् ।

माहाकाली नगरपालिकाको वडा नं. ६ स्थित रहेको एसियन स्टार ई. स्कुल र भानु उच्च माध्यमिक बिद्यालयको प्राङग्रणमा संचालन गरिएको महोत्सवमा एथलेटिक्स बाहेक भलिवल, क्रिकेट ब्याटमिन्टन समेत समाबेस गरिएको आयोजक संस्था निजी बिद्यालय क्षेत्रिय कमिटि माहाकालीका अध्यक्ष किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

खेलकुद महोत्सवमा नोभाईस हेवन पब्लिक स्कुल, युनिक सनराई उच्च माबि, एसियन स्टार ई. स्कुल, ध्रुवतारा बोर्डिङ्ग स्कुल, लिटिल स्टार ई. स्कुल, चाँदनी वाल बिद्या मन्दिर र पशुपती बोर्डिङ्ग स्कुल रहेको बताईएको छ् ।  ६ दिन सम्म संचालन हुने निजी बिद्यालयहरुको खेलकुद महोत्सवमा प्रथम, द्धितिय तथा तृतिय हुने बिद्यालयहरुलाई पुरुस्कारको समेत ब्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ् ।

कार्यक्रममा बोल्दै बक्ताहरुले सरकारले निजी बिद्यालयहरुलाई समेट्ने प्रकारको कार्यक्रम बनाएर शिक्षा क्षेत्रलाई अझै बिस्तृत बनाउनु आवश्यक रहेको औल्याएका छन् । बिद्यार्थीहरुलाई खेलमा अभिप्रेरित गर्न वर्षको यसै बेला त निजी बिद्यालय क्षेत्रिय कमिटि माहाकालीले नगर क्षेत्रमा निजी बिद्यालयहरुलाई सहभागी हुने गरि खेलकुद महोत्सव गर्दै आएको छ् ।

Share your thoughts: