विश्व शारीरिक सुगठनतर्फको स्वर्ण पदक महर्जनलाई

काठमाडौं । नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा आयोजित दशौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत पुरुष ७५ केजीमा स्वर्ण पदक जितेका छन् ।
१२ खेलाडी सहभागी उक्त स्पर्धामा महेश्वरले १२ देशका बडीबिल्डरहरुलाई पछि परेका हुन् । १२ बडीबिल्डरबाट शिर्ष ५ छनोट गरिएको थियो । जसमा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए । लोटस होटलमा भएको फाइनल चरणमा महर्जनले स्वर्ण पदक जित्न सफल भए ।
भारतका बडिबिल्डरले दोस्रो र सिंगापुरका बडिबिल्डर तेस्रो भए । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो । काठमाडौं छाउनी ३५ बर्षे महेश्वरले यसअघि भुटानमा आयोजित ५०औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण पदक जितेका थिए । उनले धर्मश्रीमा पनि ७५ केजी तैल समूहमा स्वर्ण पदक जितेका थिए ।

२००५ मा पहिलोपटक धर्मश्री प्रतियोगितामा भाग लिँदा महेश्वर पाचौं भएका थिए । २०११ मा भियतनाममा भएको ४७औं एसियन च्याम्पियनसीप महेश्वरको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो ।

Share your thoughts: