गौरिकाको रियो ओलम्पिकको स्वीमिङसुट ओलम्पिक संग्राहलयमा

काठमाडौं, कात्तिक ११ ।  ब्राजिलको रियो दि जेनेरियामा भएको ओलम्पिक प्रतियोगितामा सहभागी भएकी नेपालकी पौडी खेलाडी गौरिका सिंहले आफ्नो स्वीमिङसुट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीलाई दिएकी छन् । गौरिकाले आइओसीको हेरिटेजका लागि रियो ओलम्पिकमा आफूले प्रयोग गरेको स्वीमिङसुट दिएकी हुन् । 

गौरिकाले दिएको स्वीमिङसुट ओलम्पिक संग्राहलयका लागि आइओसीले स्वीकार गरेको छ । आइओसीले गौरिकालाई प्रमाणपत्र दिँदै  स्वीमिङसुट दिएकोमा धन्यवाद ज्ञापन गरेको छ । गौरिकाको महत्वपूर्ण कार्यको सम्मान गरिने र त्यो सदैव स्मरणीय रहने प्रमाणपत्रमा उल्लेख छ



Share your thoughts: