शिरिषलाई राष्ट्रिय कीर्तिमानसहित चार स्वर्ण

काठमाडौं,जेठ २६ ।  ग्यालेक्सीकप खुल्ला पौडी प्रतियोगितामा  शिरिष गुरुङले  स्कुल उमेर समूह र खुल्ला पौडी प्रतियोगितामा एक राष्ट्रिय कीर्तिमानसहित थप चार स्वर्ण जितेका छन् । प्रतियोगिताको पहिलो दिन मंगलबार ३ स्वर्ण जितेका शिरिषको स्वर्ण पदकको संख्या ७ पुगेको छ । उनले नेपाल आर्मीका तर्फबाट यो प्रतियोगितामा भाग लिएका हुन् ।

प्रतियोगिताको दोश्रो दिन बुधबार उनले २ सय मिटर ब्याक स्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै २ मिनेट ३४ दशमलव १७ सेकेण्डको समय निकालेका हुन् । यसअघि ३ वर्षअघि २ मिनेट ३९ दशमलव ०६ सेकेण्डको कीर्तिमान बनाएका थिए । बुधबार उनले २ सय मिटर ब्याक स्ट्रोकमा सहित, २ सय मिडर इन्डिभिज्युअल, १ सय मिटर फ्रिस्टायल र ५० मिटर फ्रिस्टायलमा स्वर्ण जितेका हुन् ।

ग्यालेक्सी कपको सात स्पर्धामा सहभागिता जनाएका शिरिसले पाँच स्वर्ण जितिसकेका छन् । उनले आजै बिहान सम्पन्न २०० मिटर इण्डिभिज्युअल मिड्लेमा पनि स्वर्ण जितेका हुन् । यसअघि हिजो सम्पनन ३ स्पर्धामा उनले स्वर्ण जितेका थिए । उनले हिजो १०० र ५० मिटर बटरˆलाई तथा २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका थिए ।

Share your thoughts: