रुसका ७ पौडी खेलाडी डोपिङमा असफल

एजेन्सी,साउन ११ । रुसका सात जना पौडी खेलाडी डोपिङमा असफल भएका छन् ।  असफलसँगै  उनिहरुले रियो ओलम्पिकमा खेल्न नपाउने भएका छन् । पौडी प्रतियोगिताको अन्तर्राष्ट्रिय नियामक संस्था फिनाले डोपिङमा असफल भएका सात जना रुसी पौडी खेलाडीलाई ब्राजिलमा हुने ओलम्पिकमा खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले रुसी खेलाडीसँग सम्बन्धित डोपिङको विषयको निर्णय सम्बद्ध खेलको नियामक संस्थाले अन्तिम फैसला गर्ने निर्णय गरेको थियो ।

Share your thoughts: