रियो ओलम्पिक खेल्ने गौरिका ओलम्पिककै कान्छी खेलाडी

काठमाडौं,साउन १८ । ब्राजिलको रियो दि जेनेरियोमा ओलम्पिक खेल्ने नेपाली पौडीबाज गौरिका सिंह सबै भन्दा कान्छि खेलाडी हुने भएकी छन् । रियो ओलम्पिकको आधिकारिक वेवसाइटले रियोमा सहभागि हुने १० हजार खेलाडी मध्ये गौरिका कम उमेरमै ओलम्पिक खेल्ने खेलाडी भएको उल्लेख गरेको छ । गौरिका भर्खर १३ वर्षकी भएकी छिन् । सानो उमेरमा नै उनले अहिलेसम्म सात वटा राष्ट्रिय कीर्तिमान बनाइसकेकी छन् । सागमा पनि नेपाललाई चार पदक जिताएकी छन् । रियो ओलम्पिक ब्राजिलमा सुरु हुदैछ । 
 
विश्व पौडीसंघ फिनाले गौरिकाले गरेको प्रदर्शनका आधारमा रियो ओलम्पिकका लागि छनोट गरेको हो । गौरिकाले १ सय मिटर व्याकस्ट्रोक र फ्रिस्टालमा प्रतिस्पर्धा गर्ने छिन् । पुरुषतर्फ शिरिष गुरुङले भाग लिँदै छन् । यसअघि, भारतको गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद सागमा गौरिकाले पौडीमा नेपाललाई पहिलो ऐतिहासिक पदक दिलाउँदा व्यक्तिगत चार वटा पदक हासिल गरेकी थिइन् । सागमा उनले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा रजत जितिन् । ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्याकस्ट्रोक र २०० सय मिटर ब्याकस्ट्रोकमा उनले कांस्य जितेकी थिइन् ।

Share your thoughts: