ललितपुर पौडीमा लिटिल एन्जल्सको वर्चस्व

काठमाडौं, साउन ३० । लिटिल एन्जल्स (एलए) स्कुलले दोश्रो ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । इमाडोल स्विमिङ पुलमा भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एलएले १ सय ६३ अंक जोड्दै उपाधि रक्षा ग¥यो । ४५ अंकसाथ प्रिमियर दोश्रो भयो भए भने तेश्रो स्थानको युलेन्सले ४४ अंक बटुल्यो ।

ललितपुर जिल्ला पौडी संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा पावेल शाह तथा गल्र्समा इभा काफ्लेले सर्वाधिक स्वर्ण जिते । एलएका दुवैले ४ गुणा ५० मिटर फ्रिस्टायल मिक्स रिलेसहित समान ६–६ स्पर्धामा स्वर्ण हात पारे ।
पावेलले १२–१४ वर्ष उमेरसमूहको ५० मिटर ब्रस्टस्ट्रोकमा ४१.२६ सेकेन्ड, ५० मिटर बटरफ्लाइमा ३६.९५ सेकेन्ड, १ सय मिटर व्यक्तिगत मिड्लेमा १ मिनेट २६.१५ सेकेन्ड, ५० मिटर ब्याकस्ट्रोकमा ३९.८५ सेकेन्ड तथा ५० मिटर फ्रिस्टायलमा ३४.२० सेकेन्ड समय निकाल्दै ५ व्यक्तिगत स्पर्धामा शीर्ष स्थानमा रहे ।
त्यस्तै मिक्स रिलेमा पावेलले नेकोन पुर्जा, श्रीयान्सी श्रेष्ठ र इभासंग मिलेर स्वर्ण जिते । मिक्स रिलेमा पावेलको टोलीको टाइमिङ २ मिनेट २२.४० सेकेन्ड रह्यो ।
व्यक्तिगत ५ स्पर्धामा स्वर्ण हात पार्ने क्रममा इभाले १५–१६ वर्षको १ सय मिटर व्यक्तिगत मिड्ले १ मिनेट ३८.०८ सेकेन्ड, ५० मिटर ब्रेस्टस्ट्रोक ४७.८३ सेकेन्ड, ५० मिटर बटरफ्लाइ ४८.४५ सेकेन्ड, ५० मिटर ब्याकस्ट्रोक ४६.९४ सेकेन्ड तथा ५० मिटर फ्रिस्टायल ३७.७८ सेकेन्डमा पूरा गरिन् ।
विजेतालाई नेपाल प्रहरीका प्रहरी अत्तिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, एलएकी संस्थापक निर्देशक विद्या लिम्बू, आयोजक संघका अध्यक्ष मुकुन्दराज शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा विभिन्न १७ विद्यालयका ९० ब्वाइज र ५६ गल्र्स गरी जम्मा १ सय ४६ खेलाडीले विभिन्न ३३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Share your thoughts: