एनएसए कप पौडी शुक्रबार

काठमाडौं, असोज ६  ।  नेपाल पौडी संघको आयोजनामा छैटौं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगिता शुक्रबारबाट सातदोवाटोस्थित पौडी पोखरीमा आयोजना हुने भएको छ ।

प्रतियोगितामा खुला तर्फ महिला ३० र पुरुष ४५ गरि ७५ खेलाडीले ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । महिला तर्फ ५०, १०० र २०० मि. फ्रिस्टायल, ५० र १०० मि. बटरफ्लाई, ५०, १०० र २०० मि. ब्रेष्टस्ट्रोक, ५० र १०० मि. ब्याकस्ट्रोक र २०० मि. व्यक्तिगत मिड्ले तथा पुरुष तर्फ ५०, १००, २०० र ४०० मि. फ्रिस्टायल, ५० र १०० बटरफ्लाई, ५०, १०० र २०० ब्रेष्ट स्ट्रोर्क, ५०, १०० र २०० ब्याकस्ट्रोक र २०० मि. व्यक्तिगत मिड्लमा प्रतिस्पर्धा हुनेछ ।

दुई दिने प्रतियोगिताको उमेर समूहतर्फ १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ बर्ष मुनि गरि ४ समूहले ५० मिटरको फ्रिस्टायल, ब्याकस्ट्रोक, ब्रेष्टस्ट्रोक र बटरफ्लाई गरि १६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो प्रतियोगिता काठमाण्डौमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तथा क्यानडामा आयोजना हुने फिना विश्व पौडी च्याम्पियनसिपको लागि छनोट प्रतियोगिता समेत रहेको प्रतियोगिता संयोजक संघका महासचिव जगतमान श्रेष्ठले जनाएका छन् ।

 

Share your thoughts: