पौडीमा निहारिकाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं, असोज ७ । ओपन महिला ५० मिटर ब्रेस्टस्ट्रोक पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । छैटौं एनएसए कप च्याम्पियनसिपमा आज ३८ दशमलव ६ सेकेण्डको समय निकाल्दै निहारिकाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।  निहारिकाले गत वर्ष १२औं दक्षिण एसियाली खेलकुद ९साग०मा ३९ दशमलव ३३ सेकेन्डमा गौरिका सिंहले बनाएको कीर्तिमान तोडेकी हुन् ।

नेपाल पौडी संघको आयोजनामा सातदोबाटो अन्तर्राष्ट्रिय पौडीपोखरीमा आयोजित छैटौं एनएसए खुल्ला पौडी प्रतियोगिताकाक्रममा निहारिकाले कीर्तिमान राखेकी हुन् । यसअघि यो कीर्तिमान गौरिका सिंहको नाममा थियो । गौरिकाले ६ महिनाअघि भारतमा भएको १२ औं दक्षिण एशियाली खेलुकदमा ३९ दशमलव ३३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । 


Share your thoughts: