अन्तरविद्यालय टेबलटेनिस:विजेश्वरी टिम च्याम्पियन

काठमाडौं मंसिर २८ ।  विजेश्वरीले दोश्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ । विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

आयोजक आरुणी ४५ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको कान्तिपुर इङलिस एकेडेमीले १४ अंक बटुल्यो ।

अन्तिम दिन गल्र्स डबल्समा आरुणीका तृष्णा पुन र अस्मिता ढुंगेलको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले विजेश्वरीका मारिया थापा मगर र अनुष्का सिम्खडाको जोडीलाई ११–८, ११–९, ३–११, ६–११ र ११–५ को सेटमा पराजित गरे ।

विजेश्वरीले आरुणीलाई ३–० को सोझो सेटमा हराउदै गल्र्स टिम इभेन्टको उपाधि हात पा¥यो । यु–१२ ब्वाइज सिंगल्समा गुड स्टार्ट एकेडेमीका राविन चौलागाईंले स्वर्ण जिते । उनले फाइनलमा सेन्ट्रल पब्लिक स्कुलका सुप्रिमसिंह राठौरलाई ११–९, ११–९, ३–११ र ११–६ को सेटमा निराश पारे ।

यु–१४ र यु–१६ ब्वाइज सिंगल्सको उपाधि विजेश्वरीका सुजन खड्काले कब्जा गरे । उनले यु–१४ को फाइनलमा सेक्रेड हर्टका विकास तिम्सिना तथा यु–१६ को फाइनलमा आरुणीका सौगात राना मगरलाई समान ३–१ को सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारे ।

मिक्स डबल्सको उपाधि विजेश्वरीका मारिया थापा मगर र सुजन खड्काको जोडीले जिते । उक्त जोडीले फाइनलमा आरुणीकी तृष्णा पुन र सुनील राना मगरलाई ३–० को सोझो सेटमा पाखा लगाए ।

विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समिति अध्यक्ष ध्रुवराज न्यौपाने, एनप्याब्सनका केन्द्रीय सचिव प्रह्लाद दाहाल, आरुणीका प्रिन्सिपल हिक्मत दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा राष्ट्रिय टेबलटेनिस खेलाडी राकेश महर्जनलाई सम्मान गरिएको थियो । प्रतियोगितामा विभिन्न ३५ विद्यालयका ३ सय ९२ प्रतिस्पर्धीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Share your thoughts: